४ मंसिर २०८३, शुक्रबार

आफ्नै सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढाल्ने सपना नदेखे हुन्छ : खाण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फिदिम, १७ कात्तिक । प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका छन् ।

पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयसँगको अन्तर्क्रियामा मंगलबार उनले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिए ।

विपक्षी दलका नेताहरूले अहिलेको सरकारलाई सजिलै ढलाउन सक्ने दाबी गरेको केही दिनपछि गृहमन्त्री खाणले अहिलेको सरकार कसैले ढलाएर नढल्ने दाबी गरेका थिए ।

‘हामी सरकार ढलाउने र गिराउने काममा कहिल्यै लागेनौँ, अब पनि लाग्दैनौँ, सरकार बनाउनेतर्फ हैन, देश बनाउनेतर्फ जोड गरौँ’, उनले भने ।

वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्ने भएकाले जनताको मर्म बुझ्नका लागि आफू जनतासँग अन्तर्क्रिया गर्न गाउँ गाउँ जाने गरेको उनले बताए ।

जनताका समस्या बुझ्ने र समाधान गर्नेतर्फ नै अहिलेको सरकार केन्द्रित रहेकाले कसले सरकार ढलाउँछ भन्नेतर्फ कुनै सरोकार नरहेको उनले बताए ।

केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले चाहे सात दिनमा अहिलेको सरकार ढल्ने बताएका थिए ।