
काठमाडौँ, १६ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीहरुलाई १६ प्रतिशत लाभांस दिने भएको छ ।
बैंकको १५ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६ प्रतिशत लाभांस १२.९१३ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने र ३.०८७ प्रतिशत बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा मंगलबार केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाडौँमा सुरक्षात्मक उपायहरू अवलम्बन गरी विधुतीय माध्यम र भौतिक रुपमा एकसाथ वार्षिक साधारण सभा संचालन गरेको हो ।
यस अवसरमा आ.व. २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।
साथै सोही साधरणसभाले सर्वसाधारणको तर्फबाट प्रकाश चन्द्र मैनाली र विजय ध्वज कार्कीलाई संचालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।
सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्ने सक्ने विश्वास सभालाई गराए ।
साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पु¥याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे । बोनस शेयर वितरण पछि बैककोे चुँत्ता पुजी १४ अर्ब २० करोड पुगेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमासिक सम्ममा करिव रु.१ खर्ब ४६ अर्ब निक्षेप संकलन गरेको छ भने रु. १ खर्ब ३३ अर्ब ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र रु. ६९ करोड खुद मुनाफा आर्जन गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ११२ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया