
काठमाडौँ, १६ कात्तिक । सानिमा बैंक लिमिटेडले मिति २०७८ कात्र्तिक १६ गते उदयपुरगढीको गढीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
गढी शाखाको समुद्घाटन उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी र प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दहालले संयुक्त रुपमा गरे ।
समुद्घाटन् समारोहमा बोल्दै उदयपुरगढी गाउँपालिका अध्यक्ष केप्छाकीले ग्रामीण क्षेत्रमा सानिमा बैंकले शाखा संचालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्न सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
यसका साथै बैंकलाई धन्यवाद ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
यसैगरी प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दहालद्वारा ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बंैकको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।















प्रतिक्रिया