
काठमाडौँ, १६ कात्तिक । तिव्र गतिमा आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत रियलमी जीटी नियो २ नेपाली बजारमा यही कार्तिक २४ गते ल्याउने घोषणा गरेको छ । यो फोन आकर्षक शुरुवाती मूल्यमा उपलब्ध हुनेछ ।
जीटी सिरीज रियलमीको फ्लागसिप सिरीज अन्तर्गत पर्दछ जसमा प्रविधि प्रेमीहरुको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रुपमा रहेका छन् ।
अधिकाँश स्मार्टफोनहरुले जीटी सिरीजको फ्लागसिप को व्यापक अनुभव गराउन सक्दैनन्, रियलमीले यस किसिमका प्रयोगकर्ताहरुको माग पुरा गर्ने लक्ष्य राखेर रियलमी जीटी नियो सिरीज लिएर आउँदैछन् । चीनको बजारमा सफल भइसकेको रियलमी जिटी नियो १० लाख भन्दा धेरै विक्री भइसकेको छ ।
नियो फ्लागसिप किलर जसरी प्रस्तुत गरिएको रियलमी जीटी सिरीज को रियलमी जीटी नियो २ मा क्वालकम स्नापड्रागन टिएम ८ सिरीज मोबाइल प्लाटफर्म, अभूतपूर्व कुलिङ्ग सिस्टम, अल्ट्रा–हाइ नमुना दर र शक्तिशाली ब्याट्री लाइफ रहेको छ जसको घोषणा सामाजिक सञ्जाल मार्फत रियलमीका को सीएमओ र चेसले गरेको थियो ।
डिजाइन सधैं रियलमी जीटी सिरीजको महत्वपुर्ण पक्ष रहेको छ, र यसपटक रियलमी जीटी नियो २ उच्च प्रविधि र जीवन्नतताको अवधारणा प्रस्तुत गर्नको लागि आकर्षक रंग नियो ग्रीनमा उपलब्ध हुनेछ ।
मूल्य घटाउनको लागि जीटी नियो २ ले गुणस्तरमा सम्झौता गर्दैन । सुपथ मूल्यमा समग्र रुपमा सुझबुझका साथ फरक दृष्टिकोण लिएर फ्लागसिप को आकर्षक अनुभव प्रदान गराउँदै उत्कृष्ट प्रदर्शन गर्ने स्मार्टफोन उपलब्ध गराउँदैछ ।
रियलमी जीटी नियो २ को बारेमा थप जानकारीको लागि कृपया सम्पर्कमा रहनुहोस् ।

रियलमीको बारेमा
रियलमी एक विश्वव्यापी उदयमान उपभोक्ता प्राविधिक कम्पनी हो जसले अत्याधुनिक प्रविधिहरु सुलभ बनाएर स्मार्टफोन र एआईओटी बजारमा आफ्नो उपस्थिति जनाइरहेको छ ।
यसले युवाहरुलाई किफायती मूल्यमा स्मार्टफोन र प्रिमीयम स्पेक्स, क्वालिटी र ट्रेन्डसेडिङ्ग डिजाइन सहितको लाइफस्टाइल टेक्नोलोजी डिभाइसहरु उपलब्ध गराउँदछ ।
२०१८ मा “डेयर टु लिप” को नारा सहित ‘स्काइ ली’ ले स्थापना गर्नुभएका रियलमीे विश्वको सातौँ ठूलो स्मार्टफोन कम्पनी हो । २०२१ को दोस्रो क्वाटर सम्ममा रियलमीले विश्वको ६१ वटा बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ ।
चीन, दक्षिणपूर्वी एसिया, युरोप, रुस, अष्ट्रेलिया, मध्य पूर्व, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरुमा १० करोड भन्दा बढी रियलमी को प्रयोगकर्ता छन् ।
थप जानकारीका लागि कृपया www.realme.com मा हेर्नुहोस् ।















प्रतिक्रिया