८ कार्तिक २०८३, आइतबार

नेकपा एमाले झापाको हल्दिवारीको कमिटि सर्वसम्मत, अध्यक्षमा त्रिलोचन सापकोटा चयन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कात्तिक । नेकपा एमालेको झापामा नगर अधिवेशनबाट कमिटि छान्ने प्रक्रिया जारी छ ।

जसमध्यै हल्दिवारी गाउँपालिकाको प्रथम अधिवेशनले त्रिलोचन सापकोटालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

त्यसैगरी, समितिको उपाध्यक्षमा महेश मेचे, सचिवमा सागर पोर्तेल र सहसचिवमा हरि अधिकारी, लक्ष्मी शिवाकोटी सर्वसम्मत चयन भएका हुन् ।

पालिका कमिटीको ७५ सदस्य नै सर्वसम्मत भएको छ । आफ्नो राजनीतिक कर्ममा स्पष्ट वक्ता एवम् लोकप्रिय युवा नेताको छवि बनाएका सापकोटा हल्दिबारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष समेत हुन् ।