३ कार्तिक २०८३, मंगलबार

तालिबानविरुद्ध लड्न अमेरिकाले इस्लामिक स्टेटलाई सहयोग गरेको खुलासा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १६ कात्तिक । तालिबानले पहिलादेखिनै अमेरिकामथि इस्लामिक स्टेटलाई आर्थिक सहयोग गरेको आरोप लगाउँदै आएको छ ।

तालिबानले अमेरिकामाथि लगाएको सो आरोप पुष्टि हुने गरी हालै एक रिपोर्ट प्रकाशित भएको छ । वाल स्ट्रिट जर्लनमा प्रकाशित रिपोर्टमा अमेरिकी तालिमप्राप्त पूर्व अफगान सैनिक र जासुसहरू तालिबानविरुद्ध लड्न भन्दै इस्लामिक स्टेटसँग आबद्ध हुन थालेको उल्लेख छ ।

तालिबानसँग लड्न भन्दै इस्लामिक स्टेटमा आबद्ध हुने तालिमप्राप्त पूर्वअफगान सेना तथा जासुसको सापेक्ष रुपमा संख्या कम भए पनि बढ्दै गएको उल्लेख छ ।

पुनः सत्तामा आएको तालिबानले अफगान सेनाका पूर्व सदस्यलाई माफी दिने बताइसकेको छ । बदलास्वरुप पूर्व सरकारी सैनिकविरुद्ध हिंसात्मक हमला हुन थालेका घटना बाहिर आइरहेका छन् ।

हाल तालिबान शासनको प्रतिवाद गरिरहेको जिहादी समूह इस्लामिक स्टेटसँग अमेरिकाले तालिम दिएका पूर्व सैनिक नजिकिन थालेको वाल स्ट्रिट जर्नलको रिपोर्टमा भनिएको छ ।

यसअघि आईएसआईएस पनि भनिने इस्लामिक स्टेटको अफगान शाखा आईएस(केले उत्सुकताका साथ अमेरिकी तालिमप्राप्त पूर्व सेना तथा जासुसलाई लिन थालेको छ ।

वाल स्ट्रिट जर्नलसँग कुरा गरेका पूर्व सुरक्षा अधिकारी तथा तालिबानका अनुसार केही पूर्व सैनिक पैसाका लागि र केही तालिबान शासनको विकल्प खोज्दै इस्लामिक इस्टेटमा आबद्ध हुन थालेका छन् ।