७ कार्तिक २०८३, शनिबार

एनआईसी एशिया बैंकको ७४ अर्ब कर्जा वृद्धि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७८/७९ को पहिलो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेको विज्ञप्तिमा दाबी गरिएको छ ।

यस बैंकले आ.व. २०७८/७९ को पहिलो त्रयमाससम्ममा व्यवसायतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (रू. ७४ अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७७.८५ अर्ब पु¥याउन सफल भएको छ ।

साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा २६.९९ प्रतिशत (रू. ६५.२९ अर्व) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. ३११.४५ अर्ब पु¥याउन बैंक सफल भएको छ ।

बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. १.१८ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल (च्यभ्) २१.३९ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो ।

बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ३९.६५ आर्जन गर्न बैंक सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो ।

कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई पहिलो त्रयमाससम्ममा ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।