४ मंसिर २०८३, शुक्रबार

प्रदेश १ मा पनि एमालेको सरकार ढल्ने पक्का, आचार्यले विश्वासको मत लिँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १५ कात्तिक । प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिने भएका छन् ।

कात्तिक ५ गते प्रदेश सभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावमा आज छलफल गरी मत विभाजन हुनेछ । एमाले प्रदेश नं. १ मा पनि अल्पमतमा छ ।

मत विभाजन भएसँगै एमालेले गण्डकी र वाग्मतीपछि प्रदेश–१ मा सरकार गुमाउने निश्चित छ ।

कात्तिक ७ गते नै मुख्यमन्त्री आचार्यले विश्वासको मत सामना गर्ने मिति तोकिएको थियो । नेपाली कांग्रेसले बैठक स्थगन गर्न माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गराएपछि सदन स्थगित भएको थियो ।

आइतार बसेको विपक्षी ५ दलको बैठकले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने निर्णय गरेको छ । उनीहरूले नयाँ मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई अगाडि सारेका छन् ।

प्रदेश–१ मा कुल ९२ सांसद छन् । विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । एमालेसँग ४१ र विपक्षी गठबन्धनसँग ५० जना सांसद छन् ।