२ कार्तिक २०८३, सोमबार

चलचित्र ‘हेम्जाकोट’को पहिलो गीत रिलिज

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली चलचित्र ‘वेलकम टु हेम्जाकोट’ चलचित्रको तिहारसम्बन्धी गीत रिलिज भएको छ ।

‘सेलको बास्ना’ बोलको गीतमा गायिका शान्तिश्री परियार, अस्मिता अधिकारी तथा गायकद्वय राज सागर र रञ्जन इशानले स्वर दिएका छन् । गीतमा संगीत राज सागरले दिएका छन् । गीतको शब्द निशान निष्कर्षले लेखेका हुन् ।

युट्युब च्यानल साकुरा मल्टिमिडिया हाउसबाट रिलिज भएको गीतले दर्शक स्रोताको राम्रो रेस्पोन्स पाएको चलचित्रका सह–निर्माता अर्जुन गिरीले जानकारी दिएका छन् ।

‘हाम्रो प्रयासले सार्थकता पाएको छ । तिहारसम्बन्धी यो गीतबाट आएको सकारात्मक प्रतिक्रियाले खुसी छौँ’, गिरीले भने, ‘हेम्जाकोट चलचित्रलाई दर्शक स्रोतले मनपराइदिनु हुनेछ ।’

चलचित्रमा बुद्धि तामाङ्ग, सरोज खनाल, रवि गिरी, रश्मी भट्ट, अश्मिता पन्त, अम्बिका तामाङ, राजु श्रेष्ठ, सन्दीप सिग्देल, सुष्मा कार्की, दिनेश खड्का लगायतको अभिनय रहेको छ ।

चलचित्रका निर्माता जितेन्द्र गिरी, तेजप्रसाद दाहाल तथा सह–निर्माताद्वयमा अर्जुन गिरी र सुमन खड्का रहेका छन् ।

चलचित्रको निर्देशक तथा लेखन सरोज पौडेलले गरेका छन् । चलचित्र छिट्टै रिलिजको तयारीमा रहेको सह–निर्माता गिरीले बताएका छन् । गिरीले भने, ‘कोरोना महामारीका कारण चलचित्र रिलिज गर्न ढिलाइ भएका छ । उपयुक्त समय हेरेर चलचित्र रिलिज गर्ने तयारीमा छौँ ।’

https://www.youtube.com/watch?v=K46W75JGN-U