८ कार्तिक २०८३, आइतबार

श्रीमती सिध्याएका श्रीमानको शव भेटियो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, १४ कात्तिक । रोल्पामा श्रीमतीको हत्या अभियोग लागेका श्रीमान् आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।

रोल्पा नगरपालिका–१० धवाङका ३८ वर्षीय प्रजित बुढा घरभन्दा केही पर झुण्डिएर आत्महत्या गरेको अवस्थामा शुक्रबार बेलुका फेला परेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए ।

उनको श्रीमती ४० वर्षीया पुष्पा बुढा गत वैशाख ३१ गते भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेकी थिइन् ।

पुष्पा घाँसको भारीसँगै भीरबाट लडेर झन्डै एक सय मिटर तल मृत्यु भएको भनेर श्रीमानले बयान दिएका थिए ।

डिएसपी सुवेदीले भने, ‘पोष्टमार्टम रिपोर्टमा स्वाभाविक रूपमा भीरबाट लडेर मात्रै पुष्पाको मृत्यु नभएको भन्ने देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।’

पुष्पाको छातीमा गहिरो घाउ देखिएपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरू गरेको डिएसपी सुवेदीले बताए ।

धवाङ र मिरुलको भित्री सडकको गोरेटो बाटोमा घाँसको भारी बोकेर उक्त दिन पुष्पा भीरबाट लड्दा श्रीमान् प्रजित र श्रीमती पुष्पा सँगै हिँडिरहेको भन्ने बयान पनि श्रीमानले दिएका थिए ।

प्रहरीले उनीमाथि निगरानी गरिरहेको थियो । प्रहरीले पुष्पाको हत्या भएको आशंकाका आधारमा रोल्पा जिल्ला अदालतबाट श्रीमान प्रजितविरूद्ध पक्राउ पुर्जी जारी गरी खोजी थालेको थियो ।