
काठमाडौँ, १३ कात्तिक । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार बढेर ३४ करोड २ लाख ६० हजार ४७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १४,३१३ नयाँ बिरामीहरू थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले जनाएको छ ।
यसबाहेक शुक्रबार बिहानसम्म कोभिड सङ्क्रमणबाट थप ५४९ जनाको मृत्यु भएको छ । यो सङ्गै मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार ७४० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणबाट मृत्यु हुनेमा अधिकांश दक्षिणी राज्य केरलाका छन् ।
हाल देशमा १ लाख ६१ हजार ५५५ सक्रिय सङ्क्रमितहरू छन् । पछिल्लो २४ घण्टामा भने १३ हजार ५४३ नयाँ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या ३३ करोड ६ लाख ४१ हजार १७५ पुगेको छ ।















प्रतिक्रिया