काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।
देउवाले शुक्रबार बेलायत भ्रमणमा जाने भएकाले आफ्नो अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालयमा पठाएर खाणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको उल्लेख गरेका छन् ।
उप–प्रधानमन्त्री नबनाएको सत्ता गठबन्धनले मन्त्रिपरिषद्मा प्रधानमन्त्री देउवापछि वरियताक्रममा गृहमन्त्री खाणलाई दोस्रोमा राखिएको छ ।











प्रतिक्रिया