न्युयोर्क, १२ कात्तिक । सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । फेसबुकको परिवर्तन गरिएको नाम मेटा हुनेछ ।
फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राख्ने घोषणा गरेका हुन् । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो । फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्डिङ गर्न चाहेको बताए ।
जुकरबर्ग फेसबुकलाई सामाजिक सञ्जालको रुपमा मात्रै सीमित गर्ने पक्षमा छैनन् । उनले मेटाभर्स बनाउने कार्यमा धेरै अघिदेखि लागेका थिए ।
भर्चुअल माध्यमको मेटाभर्समा फरक–फरक विशेषताहरू छन् । जुकरबर्गले गोपनीयता र सुरक्षालाई मेटाभर्समा निर्माण गर्नुपर्ने बताएका छन् ।
कम्पनीले फेसबुकको नयाँ नाम परिवर्तन गरेसँगै रोजगारीको नयाँ अवसर पनि खोल्ने जनाएको छ । युवा प्रयोगकर्ताहरूको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदलेको छ ।
पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरूको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ । फेसबुकले आफूलाई केवल सोसल मिडियाभन्दा व्यापक भएको कम्पनीको रुपमा चिनाउन चाहेको जनाएको छ ।
फेसबुकले पछिल्लो समय स्मार्ट चस्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजारभन्दा धेरै कर्मचारी खटाइसकेको छ ।















प्रतिक्रिया