८ कार्तिक २०८३, आइतबार

ऋषिङ्ग गाउँपालिकामा एमालेको अध्यक्षमा गुरुङ्ग चयन

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीवी श्रेष्ठ

ऋषिङ्ग, १२ कात्तिक । तनहुँ जिल्लामा नेपाल कम्युनिष्ट पार्टी(एमाले) ऋषिङ गाँउपालिकाको अध्यक्षमा गञ्जसिंह गुरुङ्ग चयन भएका छन् ।

अधिवेशनवाट अध्यक्षमा गुरुङ्ग सर्वसम्मत चयन भएका हुन् । नेपाल कम्युनिष्ट पार्टी(एमाले) तनहुँका अध्यक्ष एवं प्रतिनिधीसभा सदस्य केदार सिग्देलको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशनवाट गुरुङको नेतृत्वमा ५३ सदस्य गाँउपालिका कार्यसमिति चयन भएको हो ।

अधिवेशनवाट उपाध्यक्षमा हीरा सिंह थापा, सचिवमा कविराज श्रेष्ठ, उप–सचिवहरूमा भुवनबहादुर रानाभाट र पुनबहादुर विक चयन भएका छन् । कार्यक्रममा पदाधिकारीसँग ५३ सदस्य कार्यसमिति समेत चयन भएका छन् ।