४ मंसिर २०८३, शुक्रबार

एमालेको स्थायी कमिटीको बैठक आज बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ ।

बैठक चार बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ । बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनको विषयमा केन्द्रित हुनेछ ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोटका विषयमा छलफल हुने जानकारी दिए ।

एमालेको राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

स्थायी कमिटी बैठकमा वडा र पालिका अधिवेशनको समीक्षा पनि हुने उनले बताए । एमालेले कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन गरेको थियो । केही वडा र पालिकामा भने अधिवेशन हुन बाँकी छ ।