८ कार्तिक २०८३, आइतबार

बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्र्तगत देशभरिका अस्पताल तथा स्वास्थ्यचौकीहरूमा व्यक्तिगत सुरक्षात्मक उपकरण, मास्क, सर्जिकल ग्लोब्स र सेनिटाइजरहरु हस्तान्तरण गरेको छ ।

प्रदेश नं १ अन्र्तगत खादँबारी जिल्ला अस्पताल, प्रदेश नं. २ अन्र्तगत स्वास्थ्य चौकी सखडा, छिन्नमस्ता, सप्तरी, मिर्चैया नगरपालिकाद्वारा संचालित प्राथमिक स्वास्थ्य चौकी, मिर्चैया र गढीमाई नगरपालिकाद्वारा संचालित समनपुर स्वास्थ्य चौकी, रौतहट, बागमती प्रदेशअन्र्तगत भक्तपुर अस्पताल र कीर्तिपुर अस्पताल, लुम्बिनी प्रदेशअन्र्तगत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ तथा सुदूरपश्चिम प्रदेशअन्र्तगत टीकापुर अस्पताल र डडेल्धुरा अस्पताललाई भिन्नभिन्न समारोहका बीच सम्बन्धित अस्पताल तथा स्वास्थ्य चौकीको प्रमुखलाई बैंकको प्रतिनिधीद्वारा उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

व्यक्तिगत स्वास्थ्य सामग्रीहरूको वितरणले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो समाजिक उत्तरदायित्वअन्र्तगत स्वास्थ्य, शिक्षा, दैविक प्रकोप, वित्तीय साक्षरता लगायत थुप्रै क्षेत्रहरूमा अग्रसर भई सबै प्रदेशहरूमा समानुचित रुपमा सहयोग हस्तान्तरण गरीरहेको छ ।