धनगढी, ११ कात्तिक । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना बेपत्ता रहेका छन् ।
मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छिन् । शिवनाथ–१ का आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका बैतडी प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
महाकाली नदीस्थित शिवनाथ–१ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुङ्गा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकामा मीनाको शव बिहीबार बिहान ७ः३० बजे महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया