८ कार्तिक २०८३, आइतबार

झापामा बसले ६ वटा सवारी साधनलाई ठक्क दियो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, ११ कात्तिक झापा जिल्लामा चालकले मदिरा सेवन गरेर बस चलाउँदा ६ जना घाइते भएका छन् ।

अनियन्त्रित बसले सडकमा गुडिरहेका ६ वटा सवारीसधानलाई ठक्कर दिँदा ६ जना घाइते भएका हुन् ।

बिर्तामोड–चारआली सडकमा बुधबार साँझ उक्त अनियन्त्रित बसले सडक़मा गुडिरहेका ६ वटा सवारीसाधनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आइरहेको मे.१.ख २५७१ नम्बरको सगरमाथा यातायातले ६ वटा सवारीसाधनलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मे ५ प ९००२ र मे ९ प ७०९२ नम्बरको मोटरसाइकलमा सवार चुलाचुली १ का ३५ वर्षीय विजय बिक र उनकी श्रीमती २७ वर्षीया प्रमिला बिक घाइते भएका छन् । उनीहरूको खुट्टा भाँचिएको छ ।

मे १ ज ८७४ नम्बरको म्याजिक भेनलाई ठक्कर दिँदा त्यसमा सवार बिर्तामोड ५ की बिमला भट्टराई, अर्जुनधारा ६ की कल्पना अधिकारी र बिर्तामोड ११ का देवराज राई घाइते भएका छन् । उनीहरूको टाउकोमा चोट लागेको छ ।

बसले मे १ ज १९८१ नम्बरको बोलेरो जीप र प्रदेश न १( ० १( ००१ ख ३५३६ नम्बरको ट्रकलाई समेत ठक्कर दिएको थियो ।

घाइते सबैको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।