७ कार्तिक २०८३, शनिबार

एनआईसी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० कात्तिक । नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्य अनुभव संगालेकी बिजया स्वार एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएकी छन् ।

बैंकको सञ्चालक समितिको कात्तिक १० मा बसेको बैंठकले आजैदेखि लागू हुने गरी उनलाई उक्त पदमा नियुक्ती गरेको हो । नवनियुक्त सञ्चालक स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकी छन् ।

फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी उनी कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गरी सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश भएकी थिइन् ।