सोलुखुम्बु । जिल्लाको जुभिङ–७ थामडाँडाका सुमन राईको भिरबाट लडेर मृत्यु भएको छ ।
मंगलबार दिउँसो घरदेखि नजिकै रहेको भिरमा खच्चर लडेको जानकारी पाएर हेर्न गएका राईको पनि भिरबाट लडेर मुत्यु भएको प्रहरीले जनाएको छ ।
लडेको खच्चर हेर्न गएका राई हराएपछि लडेको अनुमान गरिएको भए पनि लगातारको वर्षाका कारण बुधबारे भिरमा खोज्न सकिएको थिएन । वर्षा रोकिएपछि खोजी गर्दा उनलाई मृत अवस्थामा भेटिएको स्थानीय शिक्षक तिलक रानामगरले जानकारी दिनुभयो ।
घटनाबारे स्थलगत मुचुल्का तयार गरी शव आफन्तलाई बुझाएको खरिखोला प्रहरी चौकीले जनाएको छ ।













प्रतिक्रिया