
काठमाडौँ, ९ कात्तिक । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।
मंगलबार बार एशोसिएसनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘वर्तमान गतिरोधको अन्त्य गरी सहज निकास दिन सम्मानननीय प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराज्यूले अविलम्व राजीनामा दिई मार्गप्रशस्त गर्नु नै उपयुक्त हुन्छ भनी नेवाएको सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा नेबाएको मिति २०७८/०७/०५ गतेदेखिको निरन्तर बैठकको निर्णयअनुसार उहाँलाई पद त्याग गर्न आह्वान गर्दछौं ।’
कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले नैतिकता गुमाएको निष्कर्ष निकाल्दै राजीनामा माग गरेका हुन् ।















प्रतिक्रिया