
काठमाडौँ, ९ कात्तिक । केही दिनदेखि ओरालो लागेको नेप्से परिसूचक लगातार दोस्रो दिन पनि बढेको छ ।
मंगलबार ७८.८२ अंकले बढ्दै २७५१ मा रोकिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आजको दिनमा विभिन्न कम्पनीका १ करोड १४ लाख ८६ हजार १२३ कित्ता सेयर बिक्री हुँदा ६ अर्ब ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि ११.५० ले बढेको छ । नेप्से बढेसँगै अधिकांश कम्पनीहरुले नाफा कमाएका छन् ।















प्रतिक्रिया