पोखरा, ९ कात्तिक । पोखरा महानगरपालिकामा कर्मचारीबीच विवाद चुलिएको छ ।
गत वर्ष महानगरले नियुक्ति गरेका कानून व्यवसायी कमलप्रसाद अर्याललाई दिएको रकमलाई महालेखापरीक्षकको कार्यालयले अवैध भएको उल्लेख गर्दै बेरुजु देखाएपछि पुनः रकम दिने विषयमा महानगरका लेखा प्रमुख र वरिष्ठ कानून अधिकृतबीच विवाद बढेको हो ।
कानून शाखामा दुई जनाको दरबन्दी कायम रहेकाले थप नियुक्ति गर्न नमिल्ने भन्दै महालेखापरीक्षकको कार्यालयले गत वर्ष नियुक्त गरिएका कानून व्यवसायी अर्याललाई दिने रकमलाई बेरुजु देखाएको थियो ।
सोही रकमको भुक्तानीका विषयमा महानगरका वरिष्ठ कानुन अधिकृत नारायण शर्माले लेखा शाखा प्रमुख जयराम पौडेललाई दबाब दिएपछि विवाद चर्किएको छ ।















प्रतिक्रिया