काठमाडौं, ९ कात्तिक । एमालेको प्रदेशस्तरीय उपत्यका विशेष कमिटीको अध्यक्षमा सुजिता शाक्य र सचिवमा समिर नेपाल छनोट भएका छन् ।
एमालेको उपत्यकाभित्र रहेका पार्टीका ४ जिल्ला कमिटीहरू (पेशागत,मजदुर, युवा विधार्थी र उधोगी व्यवसायी)लाई समेटेर निर्माण गरिएको यस कमिटीको हैसियत अन्य प्रदेश कमिटी सरह नै रहेको छ ।
१७० सदस्य उपत्यका विशेष कमिटीमा अध्यक्ष सुजिता शाक्य केहि समय अगाडि नै जिम्मेवारी प्राप्त गरेका थिइन ।
पार्टी महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा कार्यालय उद्घाटन समारोहमा पार्टी केन्द्रीय कमिटीको निर्णय अनुसार सचिवमा समिर नेपाललाई जिम्मेवारी तोकेका थिए ।











प्रतिक्रिया