३ कार्तिक २०८३, मंगलबार

सुडानमा सैनिक ‘कु’, प्रदर्शनमा सात जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुडान, ८ कात्तिक । सुडानमा सैन्य ‘कु’को विरोधमा भएको प्रदर्शनका क्रममा सेनाले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ ।

एक सय ४० जनाभन्दा धेरै घाइते भएका छन् । केही प्रदर्शनकारीलाई सेनाले पक्राउ गरेको बीबीसीले जनाएको छ ।

सोमबर प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित केही मन्त्री र मन्त्रिपरिषदका एक सदस्यलाई पनि सेनाले हिरासतमा लिएपछि सुडानमा विरोध प्रदर्शन भएको थियो । सुडानसँगै सैन्य ‘कु’को विश्वभर निन्दा भएको छ ।

अमेरिकाले केही आर्थिक सहयोग समेत रोकेको छ । सुडानमा सेनाले सरकार विघटन गर्दै सङ्कटकालको घोषणा गरेको छ । सेनाले २०२३ को जुलाईमा चुनाव गर्ने पनि घोषणा गरेको छ ।

प्रधानमन्त्रीको कार्यालयले भने सेनाको निर्णयविरुद्ध सडकमा आउन आह्वान गरेको छ । सुडानमा शासक ओमार अल–बसिरलाई दुई वर्षअघि सत्ताच्युत गरी सङ्क्रमणकालीन सरकार गठन गरेपछि सैनिक र नेताहरूबीच मतभेद थियो ।