४ मंसिर २०८३, शुक्रबार

ललितपुरमा बिहानै बस दुर्घटना

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ८ कात्तिक । ललितपुरको ग्वार्कोमा सोमबार बिहान यात्रु बोकेको बस दुर्घटना भएको छ ।

चक्रपथमा भएको उक्त दुर्घटनामा यात्रारत यात्रुहरू घाइते भएका छन् । कलंकीबाट भक्तपुरतर्फ जाँदै गरेको बा.३ ख २१४२ नम्बरको यात्रुवाहक बस एक्कासि पल्टिँदा यात्रुहरू घाइते भएका थिए । घाइते सबैको नजिकैको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा बसको सिसा फुटेको छ । पल्टिएको कारण अरु पनि क्षति भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।