३ कार्तिक २०८३, मंगलबार

अमेरिकाले ५५ हजारभन्दा धेरै अफगानीलाई आफ्नै देशमा पुनःस्थापना गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, ८ कात्तिक । अमेरिकाले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका साढे ५५ हजारभन्दा धेरै अफगानी शरणार्थीहरूलाई स्थायी रुपमा बसोबास गर्ने गरी पुनःस्थापना गर्ने भएको छ ।

बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६ सय अफगानी शरणार्थीलाई स्थायी रुपमा बसोबास गर्ने गरी पुनःस्थापनाको कार्यक्रम ल्याउन लागेको अमेरिकाले जनाएको छ ।

सैन्य शिविरबाट यति धेरै अफगानीहरूलाई स्थायी बसोबास गर्न ल्याउनु सन् १९८० पछिको पुनःस्थापना कार्यक्रममध्ये सबैभन्दा ठूलो कार्यक्रम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले अफगानिस्तानमा, अमेरिकाको पक्षमा काम गर्ने धेरै अफगानीहरू, अमेरिकी सैनिक बेसहरूमा स्थापित शरणार्थी शिविरहरूमा बसोबास गरिरहेका छन् ।

अमेरिकामा नयाँ जीवन सुरु गर्दा अफगानीहरूलाई उनीहरूको बस्ती र सहरमा आर्थिक सहयोग वा पुनर्वासका लागि मद्दत गर्नु कार्यक्रमको उद्देश्य भएको खबरमा उल्लेख गरिएको छ ।

कार्यक्रम स्वीकृत भएमा उनीहरूलाई आवास, चिकित्सा, बालबालिका विद्यालय भर्ना लगायतका सेवा सुविधा उपलब्ध हुनेछ ।