
काठमाडाैँ, ७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकाे स्वीकार गरेका छन् ।
आइतबार नेपाल बार एशोसियसनका प्रतिनिधिसँगको छलफलमा उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानन्यायाधीश जबराले प्रचण्डलाई भेटेकाे स्वीकार गरेका हुन् ।
जबराले राजनीतिक नेतृत्वले भेट्न आएपछि नाइँ भन्न नसकेको बताए ।
जबराले स्वार्थ राखेर माधवकुमार र बाबुरामको सुनुवाइ १५ गते तोकिएको नभएको बताए ।
त्यसैगरी बारका प्रतिनिधिले ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको निसु (निर्णय सुनाउने) को समयका सम्बन्धमा चासो राखेका थिए ।
बार्गेनिङ गर्ने उद्देश्यका साथ उक्त मुद्दाको निर्णय सुनाउने दिन धेरै पछि धकेलिएको समाचार आएकोमा त्यसमा कुनै स्वार्थ नरहेको स्पष्टीकरण दिएका थिए ।















प्रतिक्रिया