७ कार्तिक २०८३, शनिबार

मुक्तिनाथ बैंकले ल्यायो दुर्घटना बीमा, मासिक ब्याजसहित थुप्रै नि:शुल्क सुबिधायुक्त आकर्षक बचत खाता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडाैँ, ७ कात्तिक । मुक्तिनाथ विकास बैंक लि.ले सर्वाधिक ब्याजदर प्रदान गर्ने, रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सुविधा भएको मासिक ब्याज आर्जन हुने “मुक्तिनाथ उत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले मात्र रु १० हजारको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५.५० प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।

साथै, पहिलो वर्षको लागि नि:शूल्क डेबिट कार्ड र हरेक वर्ष निशूल्क मोबाईल बैंकिङ्ग तथा नि:शूल्क इन्टरनेट बैंकिङ्गको सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।