
काठमाडौँ, ६ कात्तिक । नेकपा (एमाले)ले शनिबार एकै दिन देशभर वडा अधिवेशन सम्पन्न गरेको छ ।
एमालेले एकै दिन छ हजारभन्दा बढी वडाको अधिवेशन सम्पन्न गरेको एमाले केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
उनका अनुसार ६ हजार बढी वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
एमालेले वडा अधिवेशनमा निर्वाचन भन्दा सहमतिमै नेतृत्व चयन गर्न निर्देशन गरेको थियो ।
कार्यालय सचिव तामाङले अहिलेसम्म कहीँ कतै विवाद भएको वा निर्वाचन गर्नुपर्ने वातावरणबारे कुनै जानकारी नआएको बताएका छन् । अधिवेशनसँगै ति वडाहरुमा नयाँ नेतृत्व चयन भएको छ । उनका अनुसार हुन नसकेका वडाहरुको अधिवेशन कात्तिक मसान्तभित्र सम्पन्न हुनेछ ।
कात्तिक ९ गते पालिकाको पनि एकै दिन देशैभर अधिवेशन हुँदैछ । बाढी पहिरोले प्रभावित बनाएको तथा विवाद भएका स्थानमा वडा अधिवेशन हुन सकेको छैन ।
अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १२ सम्म चितवनमा आयोजना हुँदै छ ।















प्रतिक्रिया