४ कार्तिक २०८३, बुधबार

छोराको स्मृतीमा अनाथ बालबालिकालाई खाद्यान्न तथा फलफुल वितरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mnr 2

महेन्द्रनगर, २९ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ परखेडीका एक दम्पत्तीले छोराको स्मृतीमा आईतबार महाकाली अञ्चल बाल अनाथालयका बालबालिकालाई खाद्यान्न तथा फलफुल वितरण गरेका छन् ।

सरस्वती उमावि परखेडीका भुतपूर्व शिक्षक तथा प्रधानाध्यापक वेद प्रकाश भट्ट र उहाँकी धर्मपत्नि मुन्नी भट्टले आफ्ना कान्छा छोरा रमेश भट्टको तेस्रो बार्षिक पुण्यतिथिका अवसरमा अनाथ बालबालिकालाई खाद्यान्न तथा फलफुल वितरण गर्नु भएको हो ।

mnr 1भट्ट दम्पत्तीले करिब पाँच हजार बराबरको चामल, दाल, तरकारी, तेल, मसला, फलफुल तथा मिष्ठान्न बालबालिकालाई हस्तान्तरण गर्नु भएको थियो ।

खाद्यान्न वितरणका क्रममा काका कोमल, दाई राजेन्द्र र बहिनी पूजाको उपस्थिती रहेको थियो । भट्ट दम्पत्तीका १९ बर्षीय कान्छा छोरा रमेशको तीन बर्षअघि उपचारका क्रममा भारतको दिल्लीमा ब्रेन हेम्ब्रेजका कारण निधन भएको थियो । अनाथालयमा अहिले ३२ जना बालकालिका आश्रित रहेका छन् ।