ढाका, ६ कात्तिक । बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भएको आक्रमणमा कम्तीमा सातजनाको ज्यान गएको छ ।
रोहिंग्या शिविरको पाठशालामा शुक्रबार आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउनुका साथै चक्कु प्रहार गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
तीन हप्ता पहिले रोहिंग्या समुदायका एक नेताको उनकै कार्यालय अगाडि गोली हानी हत्या भएको थियो । त्यसयता म्यानमारबाट आएका ९ लाखभन्दा बढी रोहिंग्या शरणार्थीको बसोबास रहेको बंगलादेशी शिविर तनावपूर्ण अवस्थामा छ ।
शुक्रबार भएको घटनामा चारजनाको घटनास्थलमै र अरु तीनजनाको उपचारको क्रममा ज्यान गएको छ । घटना बालुखली शिविरमा भएको छ ।
घटनामा अरु केही मानिस घाइते भएका छन् । घटनालगत्तै एक आक्रमणकारीलाई पक्राउ गरिएको र अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया