४ मंसिर २०८३, शुक्रबार

विराटनगर विमानस्थल आजबाट सञ्चालन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ ।

बिहान १० बजेपछि उडान सुरु हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । प्राधिकरणले बिहानदेखि बेलुकी ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो ।

दुई दिनसम्म उपकरणहरुको परीक्षणपछि विमानस्थल सञ्चालनमा आउन लागेको छ ।

विमानस्थल जलमग्न भएपछि तीन दिनदेखि विमानस्थल बन्द गरिएको थियो । स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायतका ठाउँ डुबानमा परेका थियो ।