
काठमाडौँ, ५ कात्तिक । नेकपा एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औँ महाधिवेशनको उद्घाटन सत्रमा ५ लाख सहभागी गराइने तयारी थालिएको छ ।
चितवनमा महाधिवेशन गर्ने स्थायी कमिटीले निर्णय गरेसँगै प्रदेश कमिटी तयराीमा जुटेको छ ।
शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताए ।
पार्टीले महाधिवेशनका लागि कसैसँग चन्दा नमाग्ने बताउँदै उनले उद्घाटन सत्रमा कम्तिमा ५ लाख जना सहभागी गराउने तयारी रहेको जानकारी दिए । पोखरेलले एमालेको प्रतिस्पर्धा कुनै दलसँग नभइ पाँच दलीय गठबन्धनसँग भएको स्पष्ट पारे ।
पोखरेलले एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने पनि बताए ।















प्रतिक्रिया