७ कार्तिक २०८३, शनिबार

एनआईसी एशिया बैंकद्वारा “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजना सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ आफ्ना ग्राहक महानुभावहरूको सर्वोपरि हित तथा अधिकतम लाभयुक्त ग्राहकमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले निक्षेप योजनामा आम ग्राहक महानुभावहरूलाई सर्वाधिक फाइदाहरूले भरिपूर्ण “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजना सार्वजनिक गरेको छ ।

बैंकको २४औँ वार्षिकोत्सवको उपलक्ष्यमा सार्वजनिक “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजनामा ग्राहक महानुभावहरूलाई उच्च प्रतिफलको साथमा ३ बीमा सम्बन्धी सुरक्षाका फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ अन्य अतुलनीय फाइदाहरू प्रदान गरेको छ । यस योजना अन्तर्गत खाता खोल्ने ग्राहक महानुभावहरूले रू.२१ लाखसम्मको ३ प्रकारका बीमा सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

जसअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रू.१० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि रू. १० लाखसम्मको बीमा सुविधा र रू. १ लाखसम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

औषधि उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा रू. २० हजारसम्म र अस्पताल भर्ना वापत रू. ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ ।

उल्लेखित बीमा सुविधाहरू बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा खातावाललाई प्रदान गर्नेछ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले २० चैत्र २०७५ देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउँदै आएको छ ।