१९ कार्तिक २०८३, बिहिबार

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ७७ पुग्यो, कुन जिल्लामा कति ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ३ कात्तिक । अविरल परेको बेमौसमी वर्षाले आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म ७७ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयले वुधबार मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म २६ जना बेपत्ता भएका र २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी पाँचथरमा पहिरोमा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।

कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक/एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ ।

बाढी/पहिरोमा परेर बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । यस्तै जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन् ।