१९ कार्तिक २०८३, बिहिबार

नेकपा एमाले स्थायी कमिटी बैठक बिहीबार बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ कात्तिक । नेकपा एमालेको स्थायी कमिटीको बैठक बिहीबार बस्ने भएको छ ।

बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनाएका छन् ।

बैठकमा विधान महाधिवेशनको समीक्षा, कार्तिक ६ गते हुने वडा अधिवेशन, कार्तिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै अविरल वर्षाका कारण भएको जनधनको क्षतिका छलफल हुने जनाइएको छ ।