
काठमाडौँ, २ कात्तिक । सुनसरीको धरानमा पहिरोमा परि दुई जना बालबालिकाको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण आएको पहिरोले पुरिँदा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईको घर परिँदा ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहान राईको मृत्यु भएको हो ।
मंगलबार दिउँसो गएको पहिरोमा २ जना बालबालिका बेपत्ता भएका थिए ।
घटनाको जानकारी पाएसँगै उद्धारका लागि इलाका प्रहरी कार्यालय धरानबाट दिउँसो साढे ३ बजे दुवै जना बालबालिकालाई मृत अवस्थामा फेला पारेको थियो ।












प्रतिक्रिया