
काठमाडौँ, २ कात्तिक । सरकारसँग सहमति भएपछि रुवी खानले अनसन तोडेकी छन् ।
खानले बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकारले अनुसन्धान र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता गरेपछि अनसन तोडेकी हुन् ।
सहमतिअनुसार घटनाको छानबिनका लागि सरकारले समिति गठन गर्नेछ । सहमतिपछि गृह मन्त्रालयका पदाधिकारीहरू त्रिवि शिक्षण अस्पताल पुगेर रुवी खानको अनशन तोडाएका हुन् ।
गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल र मानवअधिकारकर्मी मोहना अन्सारीले त्रिवि शिक्षण अस्पताल पुगेर खानको अनसन तोडाएका हुन् ।
खान ११ दिनदेखि आमरण अनसन रहेकी थिइन् ।












प्रतिक्रिया