१९ कार्तिक २०८३, बिहिबार

बाढी प्रभावितको राहत र उद्धारमा लाग्न प्रधानमन्त्रीको निर्देशन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावितलाई राहत तथा उद्धारका लागि खटिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले देशका विभिन्न ठाउँमा आएको बाढीबाट प्रभावित भएकालाई तत्काल राहत तथा उद्धारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका हुन् ।

आइतबारदेखि आएको अविरल वर्षाका कारण सुदूरपश्चिमलगायत देशका विभिन्न क्षेत्रमा डुबान भएर धनजनको क्षति भएको छ ।

डुबानका कारण हजारौँ हेक्टर जमिनमा लगाएको धानबाली लगायत नष्ट भएको छ ।