१९ कार्तिक २०८३, बिहिबार

अविरल वर्षाले कृषकको धानबाली नष्ट (तस्वीरसहित)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ कात्तिक । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा कयौँ विघा क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ ।

वर्षाका कारण प्रदेश बाढीको जोखिममा समेत परेको छ ।

निरन्तर वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा लगाएको तरकारी बाली र धान नष्ट भएको हो ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिकाका धनगढी बजार क्षेत्रको एलएन चोक, विशालनगर, पार्क मोड, राजपुर क्षेत्र डुबानमा परेको छ ।