१९ कार्तिक २०८३, बिहिबार

थप ५९१ जनामा कोरोना पुष्टि, ९३७ जना निको, ९ को मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ५९१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७६ हजार ५४ र एन्टिजेन विधिबाट २ हजार ४३ एन्टिजेन परीक्षण गरिएकोमा ५९१ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ९८ हजार ९९० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९३७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ८२ हजार ३९३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना रहेको छ ।

मन्त्रालयका अनुसार २८० संक्रमित आइसीयुमा छन् भने ९९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ६४ लाख ७० हजार १९५ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ८४ लाख १५ हजार ६७ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २९३ जना पुगेको मन्त्रालयले जनाएको छ ।