१९ कार्तिक २०८३, बिहिबार

माओवादी स्थायी कमिटी बैठकमा भएन कुनै निर्णय

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ कात्तिक । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक कुनै पनि निर्णय नभई सकिएको छ ।

सोमबार केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ ।

स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रविन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषयका बारेमा छलफल भए कुनै निष्कर्षमा नपुगेको बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘आज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भयो, आज खास गरेर आगामी सम्मेलनलाई केन्द्रविन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषय प्रवेश गरेको छ, विषय निष्कर्षमा पुगेको छैन, भोलि बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्छ र भोलि निर्णय हुन्छ, एजेण्डा प्रवेश भएको छ, छलफल सुरु भएको छ, भोलि मात्रै निर्णय हुन्छ’, महराले जानकारी दिए ।

त्यस्तै, पार्टीको अर्को बैठक मंगलबार विहान ८ बजे बस्ने भएको छ ।