
नुवाकोट, १ कात्तिक । नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा २० जना भन्दा बढी यात्रु घाइते भएका छन् ।
सोमबार भएको दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय त्रिशुली अस्पताल पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
काउलेबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५, माने गाउँमा अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरी कार्यालयले जनाएको छ ।












प्रतिक्रिया