१९ कार्तिक २०८३, बिहिबार

दम बढेपछि मोहन वैद्य नर्भिक अस्पताल भर्ना

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असोज । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य(किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।

उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

एक्कासी दम बढेर छातिमा पीडा भएपछि उनलाई अस्पताल लगिएको हो ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दम बढेर उनलाई केही गाह्रो भएको र त्यसमै केन्द्रीत भएर उपचार जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ । अस्पताल ल्याएलगत्तै उनको छातिको एक्सरे गरिएको थियो, सो क्रममा सामान्य दाग समेत देखिएको छ ।

नेता वैद्य लामो समयदेखि दमबाट पीडित हुनुभएकोले आइतबार बिहान उनमा देखिएको समस्या गम्भीर नरहेको समेत चिकित्सकहरुले बताएका छन् ।