१३ कार्तिक २०८३, शुक्रबार

योगेश भट्टराई भन्छन्-‘एमालेलाई फुटाउन विदेशी शक्ति परिचालन गरियो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

OLYMPUS DIGITAL CAMERA

धनगढी, २९ चैत । नेकपा (एमाले) सचिव तथा युवानेता योगेश भट्टराईले नेपालमा अव संविधानसभा निर्वाचनको तेस्रो खेतीपाती सम्भव नभएको बताउनुभयो छ ।

संविधान निर्माणमा जति ढिलाई भयो त्यति नै विदेशीले चलखेल गर्ने मौका पाइरहेको चर्चा गर्दे उहाँले भन्नुभयो-‘त्यही मौका छोपेर विदेशीहरुले तेस्रो निर्वाचन गर्नुपर्छ भनिरहेका छन् ।’

प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता भट्टराईले केही विदेशी शक्तिको चाहना बमोजिमको उपस्थिति संविधानसभामा नभएकोले तेस्रो निर्वाचनको प्रसङ्ग योजनावद्धढंगले उठाइएको बताउनुभयो ।

संघीयताको मुद्दाले धेरै विवाद ल्याएको चर्चा गर्दे उहाँले नेकपा एमाले पूर्णत तराई वा पूर्णत पहाड मात्रै जोडेर संघीय प्रदेश बनाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । ‘पूर्वका झापा, मोरङ र सुनसरी सहित पहाड र पश्चिमममा कैलाली कञ्चनपुर सहितको पहाड मिलाएर प्रदेश वनाउनुपर्छ’ उहाँले भन्नुभयो–‘मध्य क्षेत्रमा तराईलाई मात्र मिलाएर पनि राज्य बनाउन सकिन्छ ।’

उहाँले संघीयता, धर्म निरपेक्षताको अडानका कारण एमालेलाई फुटाउने षडयन्त्र भइरहेको भन्दै पार्टी एक ढिक्का भएर आफ्नो अडानमा अडिग रहने बताउनुभयो ।

‘एमाले फुटाउन खोजिएको छ तर हामी कुनै पनि हालतमा फुटदैनौ त्यही वुझेर अहिले तेस्रो संविधान सभा निर्वाचनको चर्चाभयो’ नेता भट्टराईले भन्नुभयो-‘विदेशीहरु आफ्नो स्वार्थ पुरा गर्न सके एमाले फुटाउने नसके तेस्रो संविधानसभाको चुनाव गराउने दाउँमा तर ति कुरा कुनै पनि हालतमा सम्भव छैनन् ।’

एमालेको आन्तरिक राजनीतिका वारेमा गरिएको एक प्रश्नमा उहाँले चित्त नबुझेका निर्णयमा असहमति जाहेर गरिरहने, तर काम पनि मज्जाले गर्नेछौ किनकी महाधिवेशनबाट हामी त्यही काम गर्न निर्वाचित भएका हौ भन्नुभयो ।

एमालेको प्रचार विभाग प्रमुख समेत रहेका सचिव भट्टराईले अब बन्ने मिडिया नीति मोफसलाई विशेष केन्द्रीत गरेर वनाउनु पर्ने सुझाव पनि दिनुभयो । सरकारी सञ्चार माध्याममा कांग्रेसीकरण भएको भन्दै उहाँले त्यसो नगर्न सञ्चारमन्त्रीलाई आग्रह समेत गर्नुभयो ।