१९ कार्तिक २०८३, बिहिबार

घट्दै कोरोना संक्रमण, निको हुने बढ्दै

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असोज । नेपालमा पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १ हजार ४४६ र एन्टिजेन विधिबाट ३२७ एन्टिजेन परीक्षण गरिएकोमा १४७ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ९७ हजार ९९७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८४५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ८० हजार ७७६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ५७८ जना रहेको छ ।

मन्त्रालयका अनुसार ३०७ संक्रमित आइसीयुमा छन् भने ९७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ६४ लाख ६९ हजार १५९ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ८३ लाख ८८ हजार ४०२ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २७८ जना पुगेको मन्त्रालयले जनाएको छ ।