२ कार्तिक २०८३, सोमबार

साफ च्याम्पियनसिपको फाइनल हुँदै, नेपाललाई इतिहास रच्ने अवसर

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असोज । आज साफ च्याम्पियनको लागि नेपाल र भारतबीच फाइनल खेल हुँदैछ ।

खेल माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा राति ८ बजेर ४५ मिनेटमा फाइनल हुनेछ । नेपाल पहिलोपटक यो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो भने भारतले यो प्रतियोगिता सर्वाधिक सात पटक जितिसकेको छ ।

यसपटक भारतले सुरुवातमै खराब प्रदर्शन गरेकाले नेपालले इतिहास रच्न सक्ने भनी आंकलन गरिएको छ ।