
काठमाडौँ, २९ असोज । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दशैँ मनाएकी छन् ।
विजया दशमीका अवसरमा चिनियाँ दूतावासमा उनले नेपाली सहकर्मीहरुलाई टीका र जमरा लगाएर दशैँ मनाएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।
दशैँको तस्वीर सेयर गर्दै राजदूत यान्छीले लेखेकी छन्, ‘मेरा नेपाली सहकर्मीहरूसँग दसैँ मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।’












प्रतिक्रिया