१९ कार्तिक २०८३, बिहिबार

थप २७२ जनामा कोरोना पुष्टि, ७७७ जना निको, ८ जनाको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा २७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार ९२ र एन्टिजेन विधिबाट २ हजार ६२० एन्टिजेन परीक्षण गरिएकोमा २७२ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ९७ हजार ८६१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७७७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ७९ हजार ९३१ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ जना रहेको छ ।

मन्त्रालयका अनुसार ३०७ संक्रमित आइसीयुमा छन् भने १०१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ६४ लाख ६९ हजार १५९ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ८३ लाख ८८ हजार ४०२ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २७७ जना पुगेको मन्त्रालयले जनाएको छ ।